islami sangh nepal
Sec Bottom Mockup

कपिलवस्तु महत्सव २०७३


इस्लामी संघ नेपाल लुम्बिनी अञ्चलले जीतपुर चार नम्बरमा आयोजित व्यापार मेलामा इस्लामी पुस्तक प्रदर्शनीको आयोजना गरेको थियो । उक्त प्रदर्शनीबाट आम जनमानसमा इस्लामबारे जानकारी पु¥याउने प्रयास भयो । मानिसहरुमा इस्लामबारे रहेको जिज्ञासा र भ्रमलाई मेटाउन समेत उनीहरुसँग कुराकानी भएको थियो । इस्लामबारे जानकारी प्राप्त गर्न इच्छुक १२ जना व्यक्तिहरुले नेपाली तथा हिन्दी भाषामा अनुवादित कुरआन लगेका थिए भने करिब ३०० वटा इस्लामी पुस्तकहरु र करिब ४५० वटा पम्पलेटहरु निःशूल्क वितरण गरिएको थियो । उक्त बुक स्टललाई सफल बनाउन इस्लामी संघ लुम्बिनीका स्वयंसेवकहरुको ठूलो योगदान रह्यो ।

Sec Bottom Mockup
العربية English