समलिङ्गी विवाह, लिङ्ग परिवर्तन तथा गर्भपतन जस्ता विकृतिहरुका विरुद्ध खबरदारी कार्यक्रम – २०८१
समलिङ्गी विवाह, लिङ्ग परिवर्तन तथा गर्भपतन जस्ता विकृतिहरुका विरुद्ध खबरदारी कार्यक्रम – २०८१
मिति: २०८१ कार्तिक १४ गते, बुधवार
स्थान: माइतिघर मण्डला, काठमाडौं
पछिल्लो समय नेपाली समाजमा पश्चिमी संस्कार, अन्धानुकरण र समलैंगिकता, लिङ्ग परिवर्तन तथा गर्भपतनजस्ता विकृत सोचहरू तीव्ररूपमा फैलिँदै गएको सन्दर्भमा, समाज र संस्कृतिको रक्षा तथा धार्मिक मूल्यमान्यताको संरक्षण गर्ने उद्देश्यले उक्त खबरदारी कार्यक्रम आयोजना गरिएको हो।
समलैंगिक विवाह, लिङ्ग परिवर्तन तथा अनैतिक गर्भपतन विरुद्ध चेतनामूलक सन्देश दिनु।
नेपाली समाजमा फैलँदै गइरहेको नैतिक पतन, यौन विकृति र पारिवारिक संरचना विरुद्धको हमलाको विरुद्ध आवाज उठाउनु।
नागरिक स्तरमा धार्मिक, सांस्कृतिक र सामाजिक चेतना जागृत गर्नु।
माइतिघर मण्डलामा सयौँको संख्यामा सर्वसाधारण, युवाहरू, धर्मगुरुहरू, सामाजिक अभियन्ताहरूको शान्तिपूर्ण उपस्थित।
ब्यानर, प्लेकार्ड, नाराहरू सहित विरोध प्रदर्शन।
मौन धारण, प्रार्थना, र संकल्प कार्यक्रममा सहभागीता।
सञ्चार माध्यमको उपस्थितिसहित खबरदारी सन्देशको प्रभावकारी प्रसारण।
नेपालको मौलिक धार्मिक, सांस्कृतिक र पारिवारिक मूल्यमा आँच पुर्याउने विकृति र पापपूर्ण गतिविधिहरू विरुद्ध यो कार्यक्रम सजग र सशक्त आवाजको रुपमा स्थापित भयो। उक्त कार्यक्रममा विभिन्न समुदायका प्रतिनिधिहरुको उपस्थिति थियो भने इस्लामी संघ नेपालका अध्यक्ष मौलाना नजरुल हुसेन फलहीको समेत सहभागिता जनाएका थिए । सहभागी जनसमुदायमा चेतना, विश्वास र राष्ट्रिय मूल्यको रक्षा गर्ने भावना सशक्त रुपमा देखिएको थियो।