Updates > पोखरामा इस्लामी पुस्तक प्रदर्शन

2017-01-14
पोखरा, पौष ४ गते । पोखराको पृथ्वी चोक नजिक रहेको पोखरा प्रदर्शनी केन्द्रमा भएको १२ दिने पोखरा औधोगिक मेलामा इस्लामी संघ नेपाल बागमती र गण्डकी अञ्चल समितिले पुस्तक प्रदर्शनीको आयोजना ग¥यो । मंसिर २३ गतेदेखि पौष ४ गतेसम्म भएको उक्त मेलामा राखिएको इस्लामी पुस्तक प्रदर्शनीबाट ठूलो संख्यामा मानिसहरुले लाभ उठाए । इस्लामप्रतिको गलत अवधारणालाई हटाउने उद्देश्यले राखिएको उक्त पुस्तक स्टलबाट २०० भन्दा बढी व्यक्तिहरुले अनुवादित कुरआन, इस्लाममा नारी, इस्लामविरोधी भ्रम निवारण लगायतका अन्य पुस्तकहरु अध्ययनको लागि खरिद गरेर लगेका थिए । त्यस्तै १००० भन्दा बढी मानिसहरुलाई इस्लाम सम्बन्धी जानकारी भएका फोल्डरहरु वितरण गरिएको थियो । यसरी पुस्तक स्टलमा आएकामध्ये करिब १०० जना मानिसहरु प्रदर्शनीमा सहजकर्ताको भुमिका निर्वाह गरेका युनुस मल्ल ठकुरी, मोहम्मद कैफ, बिलाल कार्की, जैनुद्दीन नदवी र फिरोज आलमको नियमित सम्पर्कमा रहेका छन् । उक्त प्रदर्शनीको माध्यमबाट केही हदसम्म भएपनि इस्लामप्रतिको नकारात्मक दृष्टिकोणलाई कम गर्न सकेको अनुभव सहजकर्ताहरुले गरेका छन् ।